दफा ९६
कसूर भएको जानकारी दिनु पर्ने

(१) कुनै कसूर भएको वा हुन लागेको छ भन्ने थाहा पाई त्यस्तो कसूरको जानकारी दिनु पर्ने कानूनी कर्तव्य भएकोव्यक्तिले जानकारी नदिई बस्न वा कुनै कसूर भएको थाहा पाएकोे व्यक्तिले जानीजानी झुठ्ठा जानकारी दिन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायहुनेछ ।